नियम १५४
तालीमको पाठ्यक्रम
: प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग तालीम निर्देशनालयले आवश्यकता अनुसार प्रहरी कर्मचारीहरूकोे लागि दिइने विभिन्न तालीमहरूको पाठ्यक्रम तयार तथा परिमार्जन गर्नेछ । तर त्यस्तो पाठ्यक्रम तयार तथा परिमार्जन गर्न मानवस्रोत विकास विभागले आवश्यकता अनुसार एक छुट्टै समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिका सदस्यहरूको पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।